दशगजा क्षेत्रमा अलपत्र परेकालाई भारतीय क्वारेन्टाइनमा पठाइयो | Khabarhub Khabarhub

दशगजा क्षेत्रमा अलपत्र परेकालाई भारतीय क्वारेन्टाइनमा पठाइयो


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेक्रममा कपिलवस्तुमा सशस्त्र प्रहरीको नियन्त्रणमा परेका प्रवासी नेपालीलाई भारतीय ‘क्वारेन्टाइन’मा पठाउन सुरु गरिएको छ ।

बुधबार दिउँसो दशगजामा अलपत्र परेका ३५३ जनामध्ये मर्यादपुर नाकामा रहेका ८८ जनालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतीय क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

मर्यादपुरस्थित दशगजामा रहेका ८८ जनालाई भारतको खुनुवाबजार हुँदै रमवापुरको लालबहादुर शास्त्री उच्च माविमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको छ ।

दशगजामा अलपत्र परेका भारतबाट आएका नेपाली नागरिकले आफूहरुलाई भारतीय क्वारेन्टाइनमा नपठाएर नेपालकै क्वारेन्टाइनमा पठाउन माग गरेका छन् ।

जिल्लाको कृष्णनगर नाकामा भारतबाट आएका २६५ जना नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : २१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २७ गते बिहीबार। मंसिर

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले