काठमाडौं – रुसमा चार दिनमा ४२ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।
चार दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा बुधबार पनि १० हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ र मंगलबार १० हजार १०२ जना संक्रमित भएका थिए ।
यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ६५ हजार ९२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ५३७ पुगेको छ ।
संक्रमितमध्ये २१ हजार ३२७ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ४३ हजार ६५ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।
प्रतिक्रिया