लकडाउनले जडिबुटी खेती र निकासी प्रभावित | Khabarhub Khabarhub

लकडाउनले जडिबुटी खेती र निकासी प्रभावित


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जडिबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र बाँकेको जटिबुटीको खेती लामो समयको लकडाउनले प्रभावित भएको छ ।

सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका र नेपालको आर्थिक विकासका लागि अन्य ३० प्रजातिका जडिबुटी यहाँ व्यावसायिकरुपमा खेती गर्ने गरिएको छ ।

प्राथमिकतायुक्त प्रजातका जडिबुटीलाई प्रविधि विकासका माध्ययमबाट व्यावसायिक खेतीका लागि सिफारिस गरिएको हो भने सरकारले सिफारिस गरेकै आधारमा ‘औषधीय वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् तर लामो समयको लकडाउनले जडिबुटी खेतीमा परेको प्रभावको परिणाम दूरगामी हुन सक्ने स्थिति देखिएको छ’, वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यको भनाइ छ ।

बाँकेमा जडिबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ । खेतीका लागि तोकिएका क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडिबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ । खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनोट गर्दा वैज्ञानिक प्रविधिवाट विस्तृत अध्ययन गरिँदै आएको केन्द्र प्रमुख आचार्यले बताए ।

बाँकेमा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडिबुटी खेतीको प्रशस्त सम्भावना छ । जडिबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्ट रुपमा व्यावसायिक योजना बनाउनुपर्छ । उत्पादित जडिबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्र प्रमुख आचार्यको सुझाव छ । जिल्लामा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडिबुटीको खेती बढी हुने गरेको छ ।

सरकारले लोपोन्मुख वनस्पति जडिबुटीको संरक्षण, इथ्नो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र सम्बद्र्वन तथा वनस्पतिको रासायनिक गुणको प्रतिफल स्थानीयस्तरमा पुर्‍याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना गरेको हो । केन्द्रले बाँकेमा जडिबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडिबुटीको विकास, वनस्पति संरक्षण एवम् उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनानुसार आफ्नो भूमिकालाई अघि बढाएको छ ।

जिल्लाको ढकेरीस्थित वनस्पति उद्यानमा वनस्पतीय जडिबुटीको बिरुवा उत्पादन र बिक्रीवितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडिबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादित जडिबुटीको संकलन र बिक्री नेपालगञ्जस्थित जडिबुटी व्यवसायी संघमा आबद्ध व्यवसायीले गर्दै आएका छन् । संघले संकलन गरेको जडिबुटी भारत र तेस्रो मुलुकमा निकासी हुने गरेकामा लामो समयको लकडाउनले यसको निकासी अहिले ठप्प भएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए ।

भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडिबुटीमा लगाएको ‘ट्रान्जिट परमिट’ को व्यवस्था लामो समयपछि केही शर्तसहित हटाएपछि शुरु भएको निकासी कोभिड-१९ का कारण भएको लकडाउनले रोकिन पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : ४० बजे

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि