क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण | Khabarhub Khabarhub

क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ ।

पताञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन शुरु गरेको हो । उनीहरुलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले बताए ।

प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेका व्यक्तिबाट शुरु गरिएको प्रशिक्षण झिमरुक गाउँपालिका मच्छीका क्वारेन्टाइन, मल्लरानी गाउँपालिका खलंगा, स्वर्गद्वारी नगरपालिका भिङ्ग्री र प्युठान नगरपालिकाका दुई स्थान दाखाक्वाडी र हरिखोला विद्यालयमा गरी जिल्लाका आठ स्थानमा दिइएको अध्यक्ष कक्षपतिले बताए ।

समितिले अन्य बाँकी स्थानीय तहमा पनि केन्द्रबाट अनुमति आएपछि प्रशिक्षण सञ्चालन गर्ने योजनामा रहेको उनले बताए ।

योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ । सामाजिक दूरी राखेर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइको छ ।

अरनिको आधारभूत विद्यालय प्युठान२ दाखाक्वाडी क्वारेन्टाइनमा काठमाडौँबाट आई क्वारेन्टाइनमा बस्नुभएका योग प्रशिक्षक बमवहादुर खड्काले योग प्रशिक्षण सञ्चालन गर्नुभएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका समयमा पनि जिल्लामा ८४ वर्ष पुगेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको छ ।

प्युठानका नौ वटै स्थानीय तहका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।

जिल्लाका ६४ स्वास्थ्य संस्थामार्फत ज्येष्ठ नागरिकसँगै दीर्घरोगीको पनि जाँच गरिएको छ । स्वास्थ्यकर्मीले सुरक्षित तवरले ज्येष्ठ नागरिकलाई नेपाल सरकारमार्फत प्राप्त भएको निः शुल्क औषधि तथा जाँच सेवा परामर्श दिइँदै आएको सुवेदीले बताए ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय प्युठान मातहतका स्वास्थ्य संस्थामार्फत यो सेवा सञ्चालन गरिएको हो । सेवाअन्तर्गत महिनामा कम्तीमा दुई पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिन्छ ।

प्युठान ५ जुम्रीकाढाँ पातलकटेरीकी ९१ वर्षीया मनि खड्काले सबै बन्द भएको समयमा पनि यसरी सेवा गर्न स्वास्थ्यकर्मी आएकामा खुशी व्यक्त गरे ।

स्थानीय तहका ६४ वटा वडामा एक हजार २०८ जना ८४ वर्ष पुगेका नागरिक छन् । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीबाटै तिनको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ११ : ५६ बजे

‘अनलाइन’ जुवामा संलग्न २४ जना पक्राउ

काठमाडौं – ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा

गण्डकी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने

नयाँदिल्ली – भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट

प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग !

काठमाडौं– सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा