३४६ चिनियाँ नागरिक बोकेर फर्किए दुई जहाज | Khabarhub Khabarhub

३४६ चिनियाँ नागरिक बोकेर फर्किए दुई जहाज


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए । यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको उहाँले बताउनुभयो ।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् । रासस

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ३ : ५५ बजे

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी

अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया

अत्तरिया– आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ ।