मापसे गरेर चलाएको एम्बुलेन्सले कारलाई दियो ठक्कर, १ जना घाइते | Khabarhub Khabarhub

मापसे गरेर चलाएको एम्बुलेन्सले कारलाई दियो ठक्कर, १ जना घाइते


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गौशालामा एउटा एम्बुलेन्सले निजी कारलाई ठक्कर दिएको छ । बिहीबार दिउँसो ३ बजेतिर मित्रपार्कबाट एयरपोर्टतर्फ जाँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आउँदै गरेको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो ।

एम्बुलेन्सको ठक्करबाट कारका चालक काठमाडौंको गोंगबु बस्दै आएका २९ वर्षीय सविन श्रेष्ठ घाइते भएका छन् ।

प्रहरीले एम्बुलेन्स चालक मोरङको पथरी नगरपालिका घर भएका ३६ वर्षीय रामबहादुर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका एम्बुलेन्स चालक चौधरीले मादक पदार्थ सेवन गरेको पाइएको छ । साथै उनीसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नभएको पाइएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ ।

घाइते भएका निजी कारका चालकलाई उपचारका लागि अस्प्ताल लगिएको छ । पक्राउ परेका एम्बुलेन्स चालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : १८ बजे

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शनसहितको सभा गर्ने

काठमाडौं – समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

सिरहा– यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक

पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार 

पोखरा – पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना

पूर्वराजालाई समर्थन गरेपछि पोर्चुगलस्थित पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूको पक्षमा औपचारिक रुपमा लिखित