शुक्रबारदेखि नेपालगञ्जमा निषेधित क्षेत्र केही खुकुलो बनाइने | Khabarhub Khabarhub

शुक्रबारदेखि नेपालगञ्जमा निषेधित क्षेत्र केही खुकुलो बनाइने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जको निषेधित क्षेत्र भोलिदेखि केही खुकुलो बनाइने भएको छ ।

भोलि(शुक्रबार) देखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

अन्य समयमा भने हिंड्डुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिए ।

लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने खड्काले बताए ।

यसअघि पाँच दिनको अन्तरालमा २३ जना संक्रमित भेटिएपछि नेपालगञ्जलाई बैशाख २३ गते विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ३४ बजे

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण

आज २०८२ साल भदौ २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय