प्रदेश १ का कोरोना संक्रमित थप ८ जना निको भए, भोलि डिस्चार्ज गरिने | Khabarhub Khabarhub

प्रदेश १ का कोरोना संक्रमित थप ८ जना निको भए, भोलि डिस्चार्ज गरिने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस मुक्त भएका छन् ।

दोस्रो र तेस्रो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

यसअघि प्रदेश १ कै ६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यो सँगै प्रदेश १ मा कोरोना विरुद्धको संघर्ष जित्नेको संख्या १४ पुगेको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले दिएको जानकारी अनुसार निको भएकाहरू भारतीय र नेपाली नागरिकहरू छन्। उनीहरू उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा संक्रमित फेला परेकाहरु हुन् ।

भोलि ८ जना डिस्चार्ज भएपछि अस्पतालमा १७ जना रहने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : २२ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न