प्रदेश १ का कोरोना संक्रमित थप ८ जना निको भए, भोलि डिस्चार्ज गरिने « Khabarhub

प्रदेश १ का कोरोना संक्रमित थप ८ जना निको भए, भोलि डिस्चार्ज गरिने


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस मुक्त भएका छन् ।

दोस्रो र तेस्रो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

यसअघि प्रदेश १ कै ६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यो सँगै प्रदेश १ मा कोरोना विरुद्धको संघर्ष जित्नेको संख्या १४ पुगेको छ ।

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले दिएको जानकारी अनुसार निको भएकाहरू भारतीय र नेपाली नागरिकहरू छन्। उनीहरू उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा संक्रमित फेला परेकाहरु हुन् ।

भोलि ८ जना डिस्चार्ज भएपछि अस्पतालमा १७ जना रहने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : २२ बजे

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६