बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा, यस्तो छ सम्भावित कार्यसूची


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोलिबाट शुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना भाइरस (कोभिड १९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पुरा भएको संसद सचिवालयले जनाएको हो ।

संघीय संसद सचिवालयले सभामुख अग्नि प्रसाद सापकोटालाई सबै सदस्यहरुको बसाई व्यवस्थापन, सभाकक्ष, कुर्सी, टेबुल, माइक व्यवस्थापन, सफाई, लगायतका सबै तयारी पूरा भएको जानकारी गराएका छन् ।

सभामुख सापकोटाले विहीबार अपराह्न सभाहलको स्थलगत अवलोकन गरी तयारीबारे जानकारी लिएका छन् । सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी सीट प्लान गरिएको छ ।

हरेक दुइ सीट खाली गरेर बसाई व्यबस्थापन गरिएको छ । संयुक्त सदन बस्दा १०० जना हाराहारीको संख्यामा सांसदहरुका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि आज विहान सिंहदरबार स्थित कार्यकक्षमा बसाई व्यबस्थापन लगायतका विषयमा सभामुखज्यूले दलका मूख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसंग छलफल गरेका थिए । छलफलमा सहभागी सांसदहरुले सबैले  कोरोनाको परीक्षण गराउनुपर्ने, परीक्षण गराउन नपाएका, नभ्याएकाहरुलाई परीक्षण र त्यसको रिपोर्ट पछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुझाव दिएका थिए ।

संसद बैठक अघि कोरोना भाइरस भए नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्यव्यबस्था समितिको निर्णय अनुसार आज संघीय संसद अन्तरगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

जसमा १७९ जना प्रतिनिधिसभा सदस्य, ३३ जना राष्ट्रि सभाका सदस्य गरी २१२ जनाको स्वाब संकलन गरिएको छ । त्यसैगरी अन्य कर्मचारी र मर्यादापालक गरी २२९ जनाको स्वाब संकलन गरिएको छ ।

आज स्वाव संकलन गरिएका सबैको रिपोर्ट शुक्रबार आउने संसद सचिवालय अन्तरगत स्वास्थ्य ईकाका डा पुष्प रिजालले जानकारी दिए । विहान १० बजेदेखि दिउँसो २ बजे सम्म स्वाब संकलन गरिएको थियो ।

यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : १९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार