सीमामा खटिएका प्रहरीमाथि आक्रमण « Khabarhub

सीमामा खटिएका प्रहरीमाथि आक्रमण


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ ।

गुलरिया–१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुगेका थिए ।

उनीहरूले चौधरीको बर्दीको पोशाकसमेत च्यातिदिएका छन् । कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्द्र मल्लाह रहेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

सामान्य विवाद भएको भन्दै पक्राउ परेकाहरुलाई वडाध्यक्ष वीरेन्द्र चौधरीले पछि बुझाउने कागज गरी छुटाएको प्रहरीले जनाएको छ ।

भारतबाट सामान खरीद गरी नेपाल भित्र्याउने उद्देश्यले उनीहरू सीमावर्ती बजार जान लागेका कारण प्रहरीले रोक्न खोज्दा कुटपिट भएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ५० बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका