घर घरमा दीपावली गरी मनाइयो बुद्ध जयन्ती | Khabarhub Khabarhub
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •  भिडियो
  •   पोडकास्ट
  •   युनिकोड
Logo
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •   लगइन
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अन्तर्वार्ता
    • ट्राभल
    • स्वास्थ्य
    • सूचना-प्रविधि
    • सुरक्षा
    • खेलकुद
    • जीवनशैली
    • प्रवास
    • धर्म / संस्कृति
    • इमिग्रेसन
    • रोजगार
    • साहित्य
    • राशिफल
  • रेडियो  
  • ENGLISH

Live on

RADIO CANDID

Your Voice, Your Power

खबरहब सर्च गर्नुहोस्

Logo

मुख्य

  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • राजनीति
  • सुरक्षा
  • खेलकुद

अन्य

  • जीवनशैली
  • स्टोरी
  • प्रवास
  • धर्म / संस्कृति
  • इमिग्रेसन
  • रोजगार
  • पत्रपत्रिका
  • विचित्र संसार
  • सम-सामयिक
  • समाज
  • साहित्य
  • स्थानीय

युटिलिटीज्

  • मिति परिवर्तन
  • प्रीति टु युनिकोड
  • युनिकोड टु प्रीति
  • रोमन टु युनिकोड
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • वायु गुणस्तर सूचकांक
  • तरकारी
  • भिडियो
  • पोडकास्ट
  • लगइन

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo

ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।

©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

घर घरमा दीपावली गरी मनाइयो बुद्ध जयन्ती


खबरहब

२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं दीपावली गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैलाउन पुर्‍याएको योगदानको स्मरणमा गर्दै दीपावलीसहित बुद्ध जयन्ती मनाइएको हो । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले जन्म लिएका थिए ।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छाडी दुःख निवारणका कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कएका थिए । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याए ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि भने पूरा गरियो । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् । सरकारले कोरोनाबाट बच्ने शक्ति प्राप्तिका लागि प्रार्थना गर्न आह्वान गरेको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यस वर्ष यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाइएको काठमाडौँ महानगरपालिका वडा नं. –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले बताए ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले बाँडेका थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  १० : ५५ बजे

प्रतिक्रिया

भर्खर

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo
पेभलियन मिडिया प्रा.लि

ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

प्रधान सम्पादक: अरुण बराल

सम्पादक: संकेत कोइराला

फोन नं: +९७७-१-५३४९१५८

ई-मेल: [email protected]

हाम्रो बारे

साइट नेविगेशन
  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • जीवनशैली
  • फिचर
  • प्रवास
  • धर्म
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • इमिग्रेसन
  • रोजगार
  • देश
  • खेलकुद
  • सूचना
  • राजनीति
  • राशिफल
  • भिडियो
  • पोडकास्ट
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • हावा गुणस्तर सूचकांक
  • मौसम
  • तरकारी
  • नेपाली क्यालेन्डर

  • About Us
  • Media Kit
  • Partnership
  • Terms of Us
  • Contribution
  • Inquiries
  • Mission
  • Subscribe
  • RSS Feed
  • Unicode
  • Contact
  • Advertise
  • Feedback
  • Careers
  • Ad policy
  • Editorial Policy
  • Code of conduct
  • Privacy policy
  • Correction policy
  • Fact-checking policy
  • Ownership & Funding

Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0