कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुबै जना मुम्बईबाट लुक्दै नेपाल आएको खुलासा « Khabarhub

कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुबै जना मुम्बईबाट लुक्दै नेपाल आएको खुलासा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- आज कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ ।

बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईबाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

संक्रमीतलाई भोलि बिहानै बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने छ ।

अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ  । कपिलवस्तुमा दुई जना संक्रमित भेटिएपछि शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ११ : १७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले