विश्व शान्तिको कामनासहित मुलुकभर दीप प्रज्वलन (फोटो फिचर) | Khabarhub Khabarhub

विश्व शान्तिको कामनासहित मुलुकभर दीप प्रज्वलन (फोटो फिचर)


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं-विश्व शान्ति, भातृत्व र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै देशभर बिहीबार साँझ दीपावली गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १५६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार साँझ दीप प्रज्वलनका लागि आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरे ।

उनले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्रमा पूजा तथा दिप प्रज्जवलन । तस्वीर, सौजन्य, राष्ट्रपति कार्यालय
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्रमा पूजा तथा दीप प्रज्जवलन । तस्वीर, सौजन्य, राष्ट्रपति कार्यालय ।
२५६४ औँ बुद्ध जयन्तीका अवसरमा पोखरा–११ रानीपौवामा नेपाल मानव धर्म सेवा समिति श्रीहंस सनातन मन्दिरमा बिहीबार शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै सर्वसाधारण ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा रहेको बुद्ध प्रतिमामा माल्यार्पण गर्दै । तस्बिर–प्रधानमन्त्रीको निजी सचिवालय
बुद्ध जयन्तीका अवसरमा सिंहदरबारमा दीप प्रज्वलन गर्दै ट्राफिक प्रहरी ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास परिसरमा दिप प्रजल गर्दै ।
दैलेखको ठाटीकाँध गाउँपालिका परिसर अगाडी बिहीबार साँझ दिप प्रज्जवलन गरिँदै ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ११ : ४८ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको