विश्व शान्तिको कामनासहित मुलुकभर दीप प्रज्वलन (फोटो फिचर) « Khabarhub

विश्व शान्तिको कामनासहित मुलुकभर दीप प्रज्वलन (फोटो फिचर)


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं-विश्व शान्ति, भातृत्व र कोरोना बिरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै देशभर बिहीबार साँझ दीपावली गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १५६४ औं बुद्धजयन्तीका अवसरमा बिहीबार साँझ दीप प्रज्वलनका लागि आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरे ।

उनले कोरोना महामारीविरुद्धको लडाइँका अग्र भागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्ज्वलन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्रमा पूजा तथा दिप प्रज्जवलन । तस्वीर, सौजन्य, राष्ट्रपति कार्यालय
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्रमा पूजा तथा दीप प्रज्जवलन । तस्वीर, सौजन्य, राष्ट्रपति कार्यालय ।
२५६४ औँ बुद्ध जयन्तीका अवसरमा पोखरा–११ रानीपौवामा नेपाल मानव धर्म सेवा समिति श्रीहंस सनातन मन्दिरमा बिहीबार शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै सर्वसाधारण ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा रहेको बुद्ध प्रतिमामा माल्यार्पण गर्दै । तस्बिर–प्रधानमन्त्रीको निजी सचिवालय
बुद्ध जयन्तीका अवसरमा सिंहदरबारमा दीप प्रज्वलन गर्दै ट्राफिक प्रहरी ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास परिसरमा दिप प्रजल गर्दै ।
दैलेखको ठाटीकाँध गाउँपालिका परिसर अगाडी बिहीबार साँझ दिप प्रज्जवलन गरिँदै ।

 

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ११ : ४८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार