स्पेनमा ३ हजार बढी नयाँ संक्रमित थपिए « Khabarhub

स्पेनमा ३ हजार बढी नयाँ संक्रमित थपिए


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्पेनमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ ।

शुक्रबार बिहानको तथ्यांक अनुसार २४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।

संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् । अहिले ६६ हजार ८६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९९५ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ५४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी