तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान | Khabarhub Khabarhub

तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- लकडाउन बढेपछि स्थानीय सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान सञ्चालन गरेको छ ।

बन्दाबन्दीका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

तरकारी संकलन तथा बिक्रीका लागि कृषि एम्बुलेन्स जस्तै घुम्ती सेवा अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

अभियानअन्तर्गत नेउलापुर कृषि उपज बजार समितिले किसानको बारीमै पुगेर तरकारी संकलन गर्ने र टोलटोलमा पुर्‍याउने नगरपालिका कृषि शाखा प्रमुख धरुवराज बमले जानकारी दिए ।

नगर क्षेत्रका विभिन्न किसानले उत्पादन गरेका लौका, बोडी, भिण्डी, करेला, काँक्रा, फर्सीलगायत हरिया तरकारी बिक्री हुने गरेको कृषि शाखाले जनाएको छ ।

नेउलापुर कृषि उपज बजार समितिले तरकारी संकलन र बिक्री उपसमिति बनाएर किसानले उत्पादन गरेका तरकारी संकलन र बिक्रीको जिम्मेवारी दिएको छ ।

लकडाउनले बजार तथा होटल व्यवसाय बन्द भएपछि किसानको तरकारी बिक्री हुन सकेको थिएन । तरकारी बिक्री नभएर बारीमै सड्ने चिन्ताले पिरोलिएका किसान बारीबाटै बिक्री हुन थालेपछि खुशी भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : १७ बजे

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट

महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा समावेश गराउन माग

काठमाडौं – महिला स्वास्थ्य स्वयंसेविकालाई श्रमिकको मान्यता दिई मर्यादित पेसाका

कांग्रेसका ४५ निर्वतमान सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेको दाबी

काठमाडौँ- विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको समर्थनमा नेपाली कांग्रेसका ४५ जना निवर्तमान

डोल्पाका याक मुस्ताङमा

मुस्ताङ – हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ