बाँके आजबाट ४ घण्टा खुला | Khabarhub Khabarhub

बाँके आजबाट ४ घण्टा खुला


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँके प्रशासनले नेपालगञ्जमा तीन दिनदेखि जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको छ ।

निषेधाज्ञा हटाएसँगै नेपालगञ्जमा व्यापारव्यवसाय खुकुलो बनाइने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएका छ । प्रशासनले यही वैशाख २३ गतेदेखि २५ गते राति ११ बजेसम्मका लागि तीन दिन निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले आजदेखि अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने तथा सवारी, अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुनेबाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विज्ञप्तिमा जनाए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले यस अघि बन्द गरिएका कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश भने कायमै रहने जनाएको छ ।

नेपालगञ्जका रानीतलाउ, त्रिभुवनचोक र बिपी चोकमा रहेको सब्जीमण्डी अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ३९ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्