लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ « Khabarhub

लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालवन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको लागूऔषध सहित दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ५९ बजे

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै