मोरङ र बारामा भएको सवारी दुर्घटनामा २ जनाको | Khabarhub Khabarhub

मोरङ र बारामा भएको सवारी दुर्घटनामा २ जनाको


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ र बारामा गरी भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका-७ मा को २५ प ३८८९ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलले ठक्कर दिएर मृत्यु हुनेमा बेलबारी नगरपालिका-८ बस्ने पैदलयात्री ४० वर्षीया शान्ता राजवंशी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बाराको महागढीमाई नगरपालिका-१० मा कल्डर्टमा ठोक्किएर लडिरहेको ना ४६ प ३६५९ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा बिहीबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कलभर्टमा ठोक्किएर सडक छेउमा लडेको मोटरसाइकललाई प्रदेश २-०३-००१ च ४८४ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पशुराम प्रसाद यादव गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : ५१ बजे

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी