बिहीबार स्वाब संकलन गरिएका सबै सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ « Khabarhub

बिहीबार स्वाब संकलन गरिएका सबै सांसदको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार स्वाब संकलन गरिएका संघीय संसदका सदस्य (सांसद) र कर्मचारी तथा सुरक्षाकर्मी सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

आज (शुक्रबार)देखि शुरु हुने वर्षे (बजेट) अधिवेशनलाई लक्षित गरी बिहीबार संघीय संसदका सांसद, कर्मचारी तथा सुरक्षाकर्मी (मर्यादापालक)को गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो ।

सबै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाले केही अगाडि मात्रै सबै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको भनेर संघीय संसद सचिवाललाई जानकारी गराएको छ ।

बिहीबार प्रतिनिधिसभाका सदस्य १ सय ७९ जना, ३३ जना राष्ट्रिय सभा सदस्यको स्वाब संकलन गरिएको थियो । यस्तै, संसद सचिवालयका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी ४ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रगोशालामा पीसीआर विधिबाट गरीएको परीक्षणमा ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले खबरहबलाई जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सँगको सहकार्यमा संघीय संसदका सांसद तथा कर्मचारीहरुको बिहीबार र शुक्रबार गरी ६ सय ८९ जनाको थ्रोड स्वाब संकलन गरेको थियो ।

मेलानका संस्थापनक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालका अनुसार आज (शुक्रबार) संकलन गरीएका २ सय ४८ जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा रहेको छ । शुक्रबार संकलन भएका नमूनाको रिपोर्ट पनि साँझ सम्म आउने मेलाका संस्थापक अध्यक्ष एवं संरक्षक रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ०० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार