बालुवाटारमा प्रधानमन्त्रीसहित १० जनाको स्वाब संकलन | Khabarhub Khabarhub

बालुवाटारमा प्रधानमन्त्रीसहित १० जनाको स्वाब संकलन


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो ।

शुक्रवार मध्याह्न चिकित्सकको टोली बालुवाटार पुगेर प्रधानमन्त्रीको थ्रोड स्वाब संकल गरिएको मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालले खबरहबलाई जानकारी दिए ।

‘बालुवाटार गएर प्रधामन्त्रीसहित अन्य १० जनाको स्वाब संकलन गरिएको छ’, उनले भने ।

उनले अपराह्न ४बजेसम्ममा रिपोर्ट आउने जानकारी दिए ।

यसअघि बिहीबार संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । जसको रिपोर्ट नेगेटिभ आएको छ ।

१७९ जना प्रतिनिधिसभाका सांसद र ४५ जना राष्ट्रिय सभाका सांसदको स्वाब संकलन गरिएको थियो ।

आजबाट संसदको बजेट अधिवेशन सुरु हुने भएसँगै सांसदहरुको कोरोना परीक्षण गरिएको हो । थप २ सय ४८ जनाको स्वाब संकलन गरिसकिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ०६ बजे

कोशी प्रदेशसभा सचिवमा खड्का नियुक्त

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी

प्रचण्डको जिकिर : ओलीले हावा कुरा गर्छन्, एमालेका सबै नेता यतै आउँछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा

भीम रावललाई नेकपामा फूलमाला र अंकमालको स्वागत (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै

भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ

कोलम्बो– श्रीलंकाका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ