रसियामा लगातार छैटौं दिन पनि १० हजारका दरले थपिए कोरोना संक्रमित « Khabarhub

रसियामा लगातार छैटौं दिन पनि १० हजारका दरले थपिए कोरोना संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रसियामा पछिल्लो २४ घण्टामा मात्रै १० हजार बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको रिपोर्टमा थप १० हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ ।

शुक्रबार छैटौं दिनसम्म रसियामा दैनिक १० हजार भन्दा बढीका दरले कोरोना संक्रमितहरु थपिएका छन् । बिहीबार मात्रै ११ हजार २ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

रसियामा हालसम्म १ लाख ८७ हजार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्मको रिपोर्टका अनुसार रसियामा हालसम्म १ हजार ७ सय २३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने २६ हजार ६ सय ८ जना उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा मात्रै रसियामा ९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ३० बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन