राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय संसदका सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।

शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशनका विषयमा छलफल गर्न शुक्रबार मध्याह्न राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका क्रममा समामुख सापकोटोले बजेट अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतको विषयलाई लिएर भएको तयारीका विषयमा जानकारी गराएका राष्ट्रपतिको कार्यालय शीतलनिवासले जानकारी दिएको छ ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले तोकेको मापदण्डअनुसार संघीय संसदको बैठक सञ्चालन सञ्चालनको तयारी भएको समेत राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

संघीय संसदको छैटौं अधिवेशन (बजेट अधिवेशन) शुक्रबारदेखि शुरु हुँदै छ । शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनअन्तर्गत २८ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) प्रस्तुत गर्ने छन् ।

वैशाख ३० गतेसम्म प्रि–बजेट छलफल चल्ने छ । त्यसपछि जेठ २ गते राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् ।

जेठ ४ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने छ । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची तय गरिएको छ । यस्तै, जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने छन् । यस्तै, जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ३ : ४६ बजे

रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी

लुम्बिनी– रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय

दैलेख–२ मा एमालेका पोखरेल विजयी

दैलेख- दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट

प्रत्यक्षमा ७ सिट जितेको राप्रपा एक सिटमा खुम्चियो, राजा फर्काउने एजेन्डा उत्तानो

काठमाडौं- २०७९ को निर्वाचनको निर्वाचनपछि बनेको गठबन्धनको जोड घटाउ सरकारलाई

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा