चिनियाँ नागरिक सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप, ६ जना घाइते | Khabarhub Khabarhub

चिनियाँ नागरिक सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप, ६ जना घाइते


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् ।

घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिएका उनीहरु भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

शुक्रवार दिउँसो २५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो ।

‘चिनियाँहरु भित्र पस्न खोजे्, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले खबरहबसँग भने ।

पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए ।

एसएसपी ज्ञवालीले यसबारे दूतावसमा जानकारी गराउने बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ०१ बजे

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई– सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी

बलिउड अभिनेता गोविन्दा बेहोस भई अस्पताल भर्ना

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा अचानक बेहोस भएपछि अस्पताल भर्ना

भीम रावल नेकपातिर लागेपछि कर्ण थापाले भने : अझै पनि नेताहरूलाई एमालेबाट खेद्‍न एउटा पंक्ति सक्रिय छँदैछ

काठमाडौं- पूर्वउपाध्यक्ष डा. भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा सामेल

कञ्चनपुरमा स्वास्थ्य बीमा विस्तार सुस्त

कञ्चनपुर– सरकारले एक दशकअघि स्वास्थ्य उपचारका क्रममा हुने अनियोजित खर्चको

एमालेबाट निकालिएका भीम रावल अब नेकपातिर (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीसँग भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान,