लकडाउन कार्यान्वयनको अनुगमन ड्रोनबाट | Khabarhub Khabarhub

लकडाउन कार्यान्वयनको अनुगमन ड्रोनबाट


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती शुरु गरिएको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउनको निगरानी बढाइएको छ ।

रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङ र नगरापलिकाबीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता अनुसार आजदेखि ड्रोन गस्ती शुरु गरिएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रमा लकडाउन पालनाको अवस्थाबारे जानकारी लिन ड्रोन गस्ती शुरु गरिएको बताए । उनले लकडाउन उल्लङ्घन गरिएको पाइएमा तत्कालै निर्देशनसमेत दिइने बताए ।

कोरोना भाइरस रोकथामका लागि पूरै नगर लकडाउन गरिएको छ । नगरपालिकामा लकडाउन पालना भए नभएको के छ भनेर ड्रोनबाट जानकारी लिन शुरु गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

उनले भने , “कही कतै उल्लङ्घन गरिएको पाइएमा तत्काल पालना गराउन निर्देशनसमेत दिन्छौँ ।”

ड्रोन गस्तीका आधारमा लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसित सहकार्य र समन्वयको कार्य गरिएको नगर प्रमुख विष्टले बताए ।

गस्तीका क्रममा नगरपालिकाका कुनै स्थानमा भीडभाड देखिएमा ड्रोनबाटै हट्न निर्देशन दिइने र सूचना प्रवाहसमेत गरिने भएको छ ।

रोबोटिक एशोसिएशन आफ नेपाल इञ्जिनीरिङका सुदूरपश्चिम शाखाका अध्यक्ष दीपक विष्टले नगरपालिकासित गरिएको सम्झौताअनुसार ड्रोन गस्ती गरी लकडाउनको अवस्थाबारे जानकारी लिने कार्य थालिएको बताए ।

नेपालमै पहिलोपटक भीमदत्तमा ड्रोनबाट लकडाउन निगरानी गरिएको छ । ड्रोन गस्तीबाट लकडाउन निगरानीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीले समेत सहयोग गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका विद्यार्थी लोचन कार्कीले ड्रोन गस्तीले नगरपालिकामा लकडाउन पालना प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । नगरपालिकामा पाँच दिनसम्म ड्रोन गस्ती गरिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ०० बजे

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा

गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कञ्चनपुर– गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी

अझै पुनःस्थापना हुन बाँकी छन् मुक्त हलिया

अत्तरिया– आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ ।