२ जना संक्रमित भेटिएपछि 'कन्ट्याक्ट ट्रेसिङ टोली' कपिलवस्तुमा | Khabarhub Khabarhub

२ जना संक्रमित भेटिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ टोली’ कपिलवस्तुमा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु पुगेको छ ।

आजै कपिलवस्तु पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको छ। प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरेको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए ।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षणसमेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ । अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ४४ बजे

मातृभूमि अभियान नफापेपछि माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन– वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन