ललितपुर महानगरको न्यूनतम राहत स्वरुप दाल र चामल बाँड्दै « Khabarhub

ललितपुर महानगरको न्यूनतम राहत स्वरुप दाल र चामल बाँड्दै


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन लम्बिएको लकडाउनमा कोही पनि भोकै नपरुन भन्दै समस्यामा परेकालाई न्यूनतम राहत सामग्री स्वरुप दाल र चामल दिने भएको छ ।

सामूहिक भोजन (मेस) बन्द गरेर अति विपन्न , असहाय , दैनिक ज्यालादारी र अपागंता भएका व्यक्ति र तिनका परिवारलाई लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्दै न्यूनतम राहत उपलब्ध गराएको महानगरले जनाएको छ ।

महानगरले एक विज्ञप्ति जारी गरी राहत आवश्यक पर्नेले वडा अध्यक्षसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

कोहिपनि भोकै बस्ने अवस्था नहोस भनेर यो व्यवस्था गरिएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।

यसअघि महानगरले लगभग सबै वडामा १५ दिनभन्दा धेरै दिन मेस चलाएको थियो । ललितपुर महानगरपालिकाले लकडाउन सुरु भए लगत्तै जी टु जी प्रक्रिया मार्फत साल्ट ट्रेडिङ कर्पोरेसनबाट खाद्य सामग्री खरिद गरेर वडाहरुमा राहत वितरण गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ४४ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल