ललितपुर महानगरको न्यूनतम राहत स्वरुप दाल र चामल बाँड्दै | Khabarhub Khabarhub

ललितपुर महानगरको न्यूनतम राहत स्वरुप दाल र चामल बाँड्दै


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन लम्बिएको लकडाउनमा कोही पनि भोकै नपरुन भन्दै समस्यामा परेकालाई न्यूनतम राहत सामग्री स्वरुप दाल र चामल दिने भएको छ ।

सामूहिक भोजन (मेस) बन्द गरेर अति विपन्न , असहाय , दैनिक ज्यालादारी र अपागंता भएका व्यक्ति र तिनका परिवारलाई लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्दै न्यूनतम राहत उपलब्ध गराएको महानगरले जनाएको छ ।

महानगरले एक विज्ञप्ति जारी गरी राहत आवश्यक पर्नेले वडा अध्यक्षसँग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

कोहिपनि भोकै बस्ने अवस्था नहोस भनेर यो व्यवस्था गरिएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।

यसअघि महानगरले लगभग सबै वडामा १५ दिनभन्दा धेरै दिन मेस चलाएको थियो । ललितपुर महानगरपालिकाले लकडाउन सुरु भए लगत्तै जी टु जी प्रक्रिया मार्फत साल्ट ट्रेडिङ कर्पोरेसनबाट खाद्य सामग्री खरिद गरेर वडाहरुमा राहत वितरण गरेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ७ : ४४ बजे

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा