जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद | Khabarhub Khabarhub

जानकी मन्दिरका महन्त र शिष्यबीच विवाद


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जानकी मन्दिरका महन्त र शिष्यबीच चुलिएको विवादले यहाँ चिन्ता छाएको छ । मन्दिरको व्यवस्थापन, अधिकार, उत्तराधिकारी, मूल्य मान्यता तथा अमर्यादित गतिविधि सञ्चालनका विषयमा उत्पन्न विवादले मन्दिरको अस्तित्वमाथि नै सङ्कट मडारिन थालेको जनाइएको छ ।

जानकी नवमीका दिन (यही वैशाख १९ गते) महन्तका शिष्य रामरोशनले प्रसादका रूपमा मन्दिरमा माता जानकीका नाममा जन्म केक काट्नाका साथै आफ्नो कक्षमा महिलासँग नाचगान गरेको घटना र अपारदर्शिताका बारेमा महन्तद्वारा स्थानीय विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिपछि आमसमुदायमा मन्दिरको भविष्य अब के होला भन्ने चिन्ताले तीव्रता पाएको छ ।

महन्त रामतपेश्वर दासले शिष्य रामरोशनले आफूलाई स्वयं उत्तराधिकारी घोषणा गरी मन्दिरको महन्त परम्परा, मूल्य मान्यताको मर्दन हुने चलखेल गरिरहेको आरोप लगाए ।

गुठी संस्थानको ऐनमा उत्तराधिकारीको व्यवस्था नभए पनि शिष्य रामरोशनले संस्थानबाट उत्तराधिकारीको परिचयपत्र लिई आर्थिक गतिविधिलगायत मन्दिरमा महन्तझैँ पूर्णरूपले अधिकार प्रयोग गरी आफूलाई बेवास्ता तथा मन्दिरको गरिमालाई स्खलित हुने गतिविधि गरिरहेको महन्त दास बताउँछन् ।

उनी भन्छन्, “करिब ६ वर्षअघि आफू बिरामी भई उपचारका लागि केही समय भारतमा बसेका बेला शिष्य रामरोशनले आफूलाई उत्तराधिकारी एवं छोटे (सानो) महन्त भन्दै सरकारी निकायदेखि लिएर विभिन्न श्रद्धालुबाट आर्थिक सहयोग तथा दान लिने क्रम शुरू गरेको हो ।”

जानकी मन्दिर गुरु शिष्य परम्पराअनुसार शिष्यको समुदायबाट सञ्चालन हुने गरेको छ । गुरूको निधनपछि शिष्य महन्त हुने मन्दिरमा चलन रहेकामा शिष्य रामरोशनले सो परम्परा विपरीत उत्तराधिकारी महन्त घोषणा गरी महन्त रामतपेश्वरलाई मनोवैज्ञानिक ढङ्गले रोगीझैँ व्यवहार गरी मन्दिरमा स्वेच्छाचारी संरचना निर्माण गरेको महन्तका अर्का शिष्य पवन चौधरी बताउँछन् । उनी भन्छन्, “रामरोशन आर्थिक हिनामिना, साधु सन्तभन्दा नेता, महिलाबीच रम्ने र गुरूलाई दासझैँ बनाउने खेलमा लागेको छ ।”

मन्दिरमा महन्त परम्परा

सत्रौँ शताब्दीको अन्ततिर महात्मा सुरकिशोर दासले वर्तमान जानकी मन्दिर भएको स्थानमा नीमको रूखमुनि सपनामा जानकी माताबाट मेरो बुबाको घर जनकपुरधाम यही हो, मेरा मूर्तिहरू यही रूख मुनि छन्, यसलाई निकालेर पूजा गर्नुस् भनी आदेश भएपछि दासले सोही स्थानमा खन्ती गाडी भगवान्को पूजाअर्चना शुरू गरेको देखिन्छ ।

महात्मा सुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र जानकीको उपासना पद्धतिको प्रचारक, सन्त एवं कवि मानिन्छ । मकवानपुरका सेन राजा माणिक सेनले ईसन् १७२७ मा यिनै महात्माका चेला प्रयोग दासका समयमा जनकपुर आई सीतारामको दर्शन गरी भोगरागका लागि बुश विर्ता अर्पण गरी मन्दिरको सञ्चालन एवं सम्बद्र्धनमा ठूलो योगदान पुर्‍याएको इतिहास छ ।

अध्येता नारायणप्रसाद रिमालका अनुसार राजगुठीअन्तर्गत पूर्णरूपमा स्वतन्त्र रहेको जानकी मन्दिर गुरू शिष्य परम्परागत रही सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा निहित रहेको देखिएको छ ।

जानकी मन्दिरमा सुरकिशोर दास, प्रयाग दास, जनक विदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरहरि दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास, रामशरण दास र रामतपेश्वर दास (वर्तमान) रहेको पाइन्छ ।

जानकी मन्दिर र राममन्दिर पहिले एकै व्यवस्थापनमा चल्ने गरे पनि राममन्दिर दशनामी र जानकी मन्दिर वैष्णव सम्प्रदाय रहेकाले दुवैमा मनोमालिन्य भई कहिलेकाहीँ गम्भीर स्थितिको सिर्जना भएपछि महात्मा विश्वम्भर दासले आधा आधा जमिन बंटबारा गरी एक अर्कामा भएको जानकी मन्दिरको व्यवस्थापनलाई स्वतन्त्र एवं चुस्त बनाएको इतिहास पाइन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ५४ बजे

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले

मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङ – ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो

गोदावरी – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति