कोरोना संक्रमितको अवस्था सामान्य, ७१ हजार भन्दा धेरैको परीक्षण : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना संक्रमितको अवस्था सामान्य, ७१ हजार भन्दा धेरैको परीक्षण : स्वास्थ्य मन्त्रालय


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित लाइभ अपडेत मार्फत विभिन्न अस्पतालमा उपचारत ७८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्थ सामान्य रहेको जानकारी दिएका हुन् ।

नेपालमा १ सय ९ जना कोरोना संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने ७५ जना विभिन्न अस्पतालमा आइसोलेसनमा चिकित्सकको निगरानीमा रहेका छन् ।

डा देवकोटाका अनुसार वीरगञ्जमा २७, वीराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा एकजना गरी ७८ संक्रमितहरु आइसोलेसनमा उपचारत छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर र आरडीटी बिधिबाट ७१ हजार भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट १६ हजार ३ सय ९ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० वटा नमूना परीक्षण भएको उनले जानकारी दिए।  पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४२ वटा परीक्षण आरडीटी विधिबाट भएको छ ।

डा देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यो तथ्यांकलाई हेर्दा प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भेटिएको छ भने । प्रदेश २ र प्रदेश ५ मा पनि संक्रमितको संख्या बढी छ ।

डा देवकोटाका अनुसार कोरोना संक्रमण पुष्टि भएका क्षेत्रहरुमा पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा बढाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको स्वास्थ्य समूहका टोलीले कोरोना संक्रमित क्षेत्रमा ५ हजार भन्दा बढीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अभियान शुरु गरेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार कोरोना संक्रमति देखिएको प्रदेश २ को रौतहट, बारा र पर्सा जिल्ला र प्रदेश ५ का संक्रमित भेटिएका जिल्लाहरुमा ५हजार ३ सय २० भन्दा बढी व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि टोली खटिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : ०५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार