काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री | Khabarhub Khabarhub

काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोनाभाइरस परीक्षण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

पहिलो खेपअन्तर्गत हिमालयन एयरलाइन्सको जहाजबाट शनिबार ती स्वास्थ्य सामग्री काठमाडौं पुर्‍याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले शनिबार ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स नेपाल आइपुगेको जानकारी दिएकी छन् ।

चीनले के–कस्ता सामग्री उपलब्ध गराएको हो भन्ने बारे भने केही खुलाइएको छैन । यसअघि गत चैत १६ गते पनि चीन सरकारको सहयोगमा केही स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : ०० बजे

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना

लस एन्जलस – अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी