भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा २ अर्ब खर्च, अझै ८ अर्ब लाग्ने « Khabarhub

भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा २ अर्ब खर्च, अझै ८ अर्ब लाग्ने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा समेत पुरातात्विक महत्वाका सम्पदाको पुनःनिर्माण भने अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन ।

पुरातत्व विभागले चालू आर्थिक वर्षभित्र भूकम्पले भत्किएका सम्पदामध्ये ५० प्रतिशतको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य अनुसार विभागले काम नै शुरु गर्न सकेको छैन ।

पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २ सय ५ ओटा सम्पदाको पुनःनिर्माण भइरहेको छ । जसमा २८ प्रतिशत मात्रै प्रगति हासिल गरिएको विभागले जनाएको छ ।

भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत ८, काठमाडौं उपत्यकाका संरक्षण कोष (केभीपिटी) मार्फत ३, स्वीस सरकारको सहयोगमा २, श्रीलंकाली सरकारको सहयोगमा २ तथा चीन सरकारको सहयोगमा १ गरी १६ सम्पदाको पुनःनिर्माण पनि चालू अवस्थामा छ ।

भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १ सय ४९, पशुपति क्षेत्र विकास कोषमार्फत १८ र अन्य संघसस्थामार्फत ३५ गरी हालसम्म २ सय १२ वटा सम्पदाको पुनःनिर्माण सकिएको छ ।

‘सम्पदा पुनर्निमाण सुरुवाती चरणमा तीव्र गतिमा अघि बढेपनि पछिल्ला समय केही सुस्त भएकै हो,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, ‘क्षतिग्रस्त सम्पदामध्ये २१२ वटाभन्दा बढिको पुनर्निर्माण भइसकको छ ।’

पुरातात्विक र साँस्कृति महत्वका सम्पदालाई पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने भएकाले पुनःनिर्माणको कार्यक्रमा केही ढिलाइ भएको कुँवरको भनाइ छ । ‘पुराना सम्पदाका झ्याल र ढोकामा पुरानै स्वरुपको कलाकृति अंकित गर्न कालीगढकै अभाव छ,’ कुँवर भन्छन् ।

रानीपोखरी र पशुपति क्षेत्रका केही सम्पदाका सम्बन्धमा विवाद देखिएका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको कुँवरको भनाइ छ ।

‘हालसम्म २८ प्रतिशत काम मात्र सम्पन्न भएपनि ३० प्रतिशत काम जारी रहेको छ,’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘२ वर्षको अवधिमा सम्पूर्ण सम्पदाको पुनर्निर्माण भइसक्नेछ ।’

सम्पुर्ण सम्पदा पुनर्निमाणका लागि १० अर्ब रकम लाग्ने बताउँदै कुँवरले, ‘हालसम्म करिब २ अर्ब रकम खर्च भइसकेको छ ।’ उनका अनुसार भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणका लागि अझै ८ अर्ब लाग्ने देखिन्छ ।

उपत्यकाभित्रका कति सम्पदा क्षतिग्रस्त ?

पुरातत्व विभागका अनुसार १२ वैशाख २०७२ को भूकम्पले काठमाडौं जिल्लाभरीका २ सय १५ सम्पदाहरु क्षतिग्रस्त भएका थिए । जसमध्ये ४१ सम्पदाहरु पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने १ सय ७२ वटा सम्पदामा आंशिक क्षति पुगेको थियो ।

यस्तै, ललितपुर जिल्लामा १ सय ४४ सम्पदामा क्षति पुगेको थियो । जसमध्ये ३१ सम्पदा पुर्ण रुपमा क्षतिग्रत भएका थिए भने १ सय १३ सम्पदामा आंशिक क्षति पुगेको थियो ।
भक्तपुर जिल्लाका ७१ सम्पदामा क्षति पुगेको थियो । जसमध्ये २० सम्पदा पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने ७३ सम्पदामा आंशिक क्षति पुगेको थियो । समग्रमा उपत्यकाभित्रका ४ सय ३० ओटा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा क्षतिग्रस्त भएका थिए ।

विश्वसम्पदामा सूचिकृत सम्पदाको पुनःनिर्माण

विश्वसम्पदा सूचीमा सूचिकृत काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रमध्ये ७ क्षेत्रमा रहेका सम्पदामा भूकम्पले क्षति पुगेको थियो ।

हनुमानढोका दरबार परिसर, स्वयम्भू क्षेत्र, पशुपति क्षेत्र, बौद्धनाथ क्षेत्र, पाटन दरबार परिसर, भक्तपुर दरवार परिसर र चागुनारायण क्षेत्रमा रहेका १ सय ७३ ओटा सम्पदामा भूकम्पले क्षति पुगेको पुरातत्व विभागले जनाएको छ । जसमध्ये सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न भएको विभागको प्रवक्त कुँवर बताउँछन् ।

हनुमान ढोका दरबार परिसरका २९ ओटा सम्पदा क्षतिग्रस्त भएकोमा १६ को पुनःनिर्माण सम्पन्न भइसकेको छ । यस्तै स्वयम्भू क्षेत्रका १८ सम्पदामा भूकम्पले क्षति पुगेकोमा १६ ओटाको पुनःनिर्माण भइसकेको कुँवरले जानकारी दिए । यस्तै भूकम्पले क्षतिग्रस्त बौद्धनाथको पनि पुनःनिर्माण भइसकेको छ ।

पाटन दरबार क्षेत्रका ३० ओटा सम्पदामा क्षति पुगेकोमा ११ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको विभागले जनाएको छ । भक्तपुर दरबार क्षेत्रका २१ ओटा सम्पदामा क्षति पुगेकोमा ९ ओटाको पुनःनिर्माण भइसकेको विभागले जनाएको छ ।

यस्तै, पशुपति क्षेत्रको ६६ सम्पदा क्षतिग्रस्त भएकोमा १९ सम्पदाको पुनःनिर्माण सकिएको विभागले जनाएको छ । चाँगुनारायण क्षेत्रको ८ सम्पदा क्षतिग्रस्त भएकोमा ५ सम्पदाको पुनर्निर्माण भइसकेको विभागले जनाएको छ ।

विभागले जंगलहेन, फसिदेग, तवसत्तल, विजेश्वरी मन्दिर, विष्णु मन्दिर, वंशगोपाल, हनुमानढोका, गोरखा र दोलखा लगायतका ९६ वटा सम्पदाको पुनःनिर्माणलाई प्राथमिकतामा राखेकोमा २० वटाको पुनर्निर्माण भइसकेको जनाएको छ । बाँकी ७६ वटाको काम भइरहेको कुँवरले बताए ।

विजेश्वरी, शोभा भगवती, बज्रयोगिनी, कंकेश्वर, टुँडालदेवी, दुप्चा कुशेश्वर, गोपालेश्वर, साँखुको कृष्ण मन्दिरको पुनःनिर्माण चालू आर्थिक वर्षमै सक्ने विभागको लक्ष्य छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ८ : ४५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण