प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड « Khabarhub

प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको बैंकले जनाएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बै‌कले गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ। यो अवधिमा बैंकको रिटेन अर्निङ ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ३ अर्ब ३७ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १८ अर्बरुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १६.०३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ९० करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ४ अर्ब ५३ करोड रुपैयाँको उचाइमा पुगेको हो।

बैंकको खराब कर्जाको अनुपात २.९५ प्रतिशत रहेको छ भने बेस रेट ८.९८ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७३.७४ प्रतिशत कायम भएको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.८९ रुपैयाँ र पीई रेसियो ११.३१ गुणा रहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २६ बजे

चुच्चे नक्सामा समेटिएको नेपाली भूमिका ३ सय मतदाताले के गर्लान् ?

काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ का मतदाताले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ।