वर्षा लेख्छिन् – कर्णाली ब्लुजले मीठो प्रभाव पार्‍यो « Khabarhub

वर्षा लेख्छिन् – कर्णाली ब्लुजले मीठो प्रभाव पार्‍यो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटीले लकडाउनका बेलामा पुस्तक पढिरहेकी छिन् । उनले लामो समयदेखि पढ्न नपाएका पुस्तक यो लकडाउनका बेलामा पढेको बताउँछिन् ।

विदेशीदेखि नेपाली लेखकका पुस्तक पढेको बताउने वर्षाले हालै साहित्यकार बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लूज’ पढेको र उक्त पुस्तक मन परेको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबूकमा वर्षा लेख्छिन् – जति पाना पल्टिँदै गए, त्यति लाग्यो कि पना कहिल्यै नसकिऊन् । हरेक पानाले बोलेका कथाले मनमा मीठो प्रभाव पारेका छन् ।

उनले यो उपन्यास हालै पढेर सकेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो पुस्तकबारे अरु त के भनूँ, धेरैले त पढ्नु नै भएको होला ।’

लकडाउनका कारण वर्षा यतिबेला फुर्सदमा छिन् । उनले केही समयमअघि नारायण वाग्लेको ‘पल्पसा क्याफे’, खगेन्द्र लामिछानेको ‘फुलानी’ र मिचेल ओबामाको ‘बिकमिङ’ पढेको बताएकी थिइन् ।

वर्षाले अभिनय गरेको फिल्म ‘लक्का जवान’ गत चैत्रमा रिलिज हुने भनिएको थियो । लकडाउनका कारण अब उक्त फिल्म कहिले रिलिज हुने भन्ने टुङ्गो छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : ५४ बजे

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि