एसइई दिने विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह | Khabarhub Khabarhub

एसइई दिने विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झिमरुक– लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा(एसइई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

शाखाले पालिका क्षेत्रका ६ माध्यमिक विद्यालयबाट एसइई दिने करीब तीन सय विद्यार्थीको टोलटोलमा पुगी शिक्षकबाट विषयगत समस्या समाधान गराउने कार्य थालेको शाखा प्रमुख छत्रबहादुर शाहीले बताए ।

त्यस्तै इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको सहजताका लागि अंग्रेजी, गणित, विज्ञान तथा अन्य विषयका प्रश्नपत्र तयार गरी शाखा तथा पालिकाको फेसबुक पेजबाट अपलोड गरिएको छ ।

पालिकाका माध्यमिक विद्यालयबाट २–२ जनाको दरले शिक्षक खटाइएको र तिनका लागि स्वास्थ्य सामग्री सेनिटाइजर र मास्क उपलब्ध गराउनाक साथै प्रोत्साहन भत्ता दिइएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहलाई समन्वय गरी विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भनिए पनि इन्टरनेटको पहुँच नहुँदा गर्न नसकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख शिवराज पण्डितले बताउनुभयो । अन्य पालिकालाई पनि पुनरावृत्तिका अभ्यास सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।

प्युठान नगरपालिका नगर क्षेत्रका एसइई दिने विद्यार्थीको सहजताका लागि रेडियो कक्षा सञ्चालनको तयारीमा रहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । जिल्लामा एसइई दिने विद्यार्थी चार हजार १४८ विद्यार्थी छन् । तिनमा २ हजार २८८ छात्रा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : १५ बजे

नेपाल–जापान सम्बन्ध : आर्थिक विकासमा नेपालको लक्ष्य पूरा गर्न जापान सरकार तयार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा