निजी क्षेत्रका पेट्रोल पम्प हप्तामा एक दिनमात्र खुल्ने « Khabarhub

निजी क्षेत्रका पेट्रोल पम्प हप्तामा एक दिनमात्र खुल्ने


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निजी पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खोल्न दिने भएको छ ।

बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्न पाउने निर्णय गरेको हो।

निगमले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानीपूर्वक कारोबार गरिने प्रष्ट पारेको छ।

निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ।

पेट्रोलियम पदार्थसँग सम्बन्धित रहेर काम गर्नेहरु अर्थात भारतमा नै पुगेर आयत गर्नेमार्फत जोखिम बढ्दै गएकोले उनीहरुको कोरोना परिक्षणको लागि सम्बन्धित निकायलालाई आग्रह गर्ने निर्णय समेत निगमले गरेको छ।

निगममा कार्यरत सम्पूर्ण कर्मचारीको १ लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय पनि निगमले गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ६ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै