थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो | Khabarhub Khabarhub

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज विहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पतालकाे नेपालगञ्जमा गरिएको परीक्षण अनुसार ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार आज विहान संक्रमण पुष्टि भएकाहरुमा मकावानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २७, ३२ र ३६ वर्षीय पुरुष रहेका छन् । आज संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : २३ बजे

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

काठमाडौं– काठमाडौंमा भर्खरै भड्किएको जेन-जी नेतृत्वको आन्दोलन केवल राजनीतिक मात्र थिएन,

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः