तिलेश्वर र तिनपाने भञ्ज्याङमा हेल्थ डेस्क स्थापना | Khabarhub Khabarhub

तिलेश्वर र तिनपाने भञ्ज्याङमा हेल्थ डेस्क स्थापना


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा गोदावरी नगरपालिका वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको छ ।

नगरपालिकाको दक्षिण भेग नाकाका रुपमा पर्ने यी स्थानमा बिहीबारदेखि डेस्कको सञ्चालन भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, “उक्त दुई नाकाबाट नगरक्षेत्र प्रवेश गर्ने व्यक्तिको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्न जरुरी देखियो । तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्ने र यहाँबाट मानिस प्रवेश गरिरहेका सूचनाको आधारमा हामीले डेस्कको स्थापना गरेका हौँ ।”

उक्त डेस्क सञ्चालन गर्न वडा नं ५ का वडाध्यक्ष मिलन सिलवाल र ६ का वडाध्यक्ष विष्णुमान महर्जनले समन्वयकारी भूमिका खेलेका थिए ।

सो हेल्थ डेस्क सञ्चालनमा नेपाली सेना र नेपाल प्रहरीको सहभागिता रहेको थियो । यसैगरी गोदावरीले नगरपालिकाले भीडभाड नगर्न र अन्य जिल्लाबाट बहालमा बस्ने व्यक्ति आएमा अनिवार्यरुपमा वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेको छ ।

यसका साथै सो नगरपालिकाले अन्यत्रबाट आउने व्यक्तिलाई कसैले लुकाई–छिपाई राखेमा सम्पूर्ण जिम्मेवारी घरधनीको हुनाका साथै स्वास्थ्य ऐनबमोजिम कारवाही हुने जानकारी गराएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १ : ०८ बजे

राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा

जनकपुरधमाका पोखरी छठ घाटमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– छठको लागि बिहानै देखि जनकपुरधामका पोखरी छठ घाटमा चहलपहल

ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

बागमती– पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता

कञ्चनपुर– जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन्