नेपाली सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री खासा आइपुग्यो « Khabarhub

नेपाली सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री खासा आइपुग्यो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् ।

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उनले बताए । सेनाले सो प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।

यसअघि चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान बुधवार बिहान काठमाडौं अवतरण गरेको थियो ।

चीनियां राजदुत होउ यान्छीले बुधवार नै जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति थापाले मित्रराष्ट्र चीनले गरेको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १ : १९ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान