छाङ्गरु र तिङ्करमा पुगे प्रहरी « Khabarhub

छाङ्गरु र तिङ्करमा पुगे प्रहरी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि शुक्रबार व्यासको छाङ्गरु र तिङ्कर चौकी गएका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रहरीका दुवै चौकीका प्रहरी जवान ती स्थानमा गएका हुन् ।

प्रहरीका प्रहरी नायब निरीक्षक हर्कसिंह महताको नेतृत्वमा नौ जनाको टोली तिङ्करको छियालेक र प्रहरी सहायक निरीक्षक देवदत्त भट्ट नेतृत्वमा सीतापुलमा नौ जनाको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

व्यासको छाङ्गरुको सीतापुल र तिङ्करको छियालेकमा बस्दै आएका प्रहरी गत मङ्सिर महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो ।

दुवै चौकीका प्रहरी सम्बन्धित चौकीमा पुगेका छन् । व्यासको चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी विसं २०२४ र छाङ्गरुको सीतापुल प्रहरी चौकी विसं २०२७ मा स्थापना भएका हुन् ।

अहिले दुवै प्रहरी चौकीका भवन जीर्ण अवस्थामा छन् । जीर्ण भवनमा त्रिपाल राखेर बास बस्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

सो गाउँपालिका वडा नं १ का दुई गाउँ छाङ्गरु र तिङ्करमा विगत लामो समयदेखि प्रहरीको मात्र छ महिना उपस्थिति हुँदै आएको छ ।

हालसम्म उनीहरुका लागि पक्की भवन निर्माण हुनसकेको छैन । भवन नहुँदा गत वर्षदेखि प्रहरीले त्रिपालको भरमा बस्तीको संरक्षणमा खटिएका थिए ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने