फोहोर व्यवस्थापन गर्ने कर्मचारीको कोरोना परीक्षण हुँदै « Khabarhub

फोहोर व्यवस्थापन गर्ने कर्मचारीको कोरोना परीक्षण हुँदै


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रवार वातावरण व्यवस्था विभागको कार्यालय टेकुमा कोरोना भाइरसको परीक्षण शुरु गरेको छ ।

काठमाडौं महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने करीब ८ सय जना कर्मचारीको र्‍यापिड डाइन्गोष्टिक (आरडीटी) पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण गरिरहेको महानगरका जनस्वास्थ शाखाका प्रमुख नरेन्द्र बज्रचार्यले जानकारी दिए ।

बज्रचार्यका अनुसार काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागको सम्वन्यम इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरुले कोरोना परीक्षण गराइरहेका छन् ।

‘परीक्षणका लागि लाइनमा बसेका पहिलो व्यक्तिमा पीसीआर विधिबाट र दोस्रो, तेस्रो र चौथो व्यक्तिलाई आरडीटीबाट कोरोना परीक्षण गराइएको छ’ उनले भने, ‘त्यस्तै पाचौं व्यक्तिलाई पीसीआर विधिबाट परीक्षण गरेको र यसैगरी ८ सय जनाको परीक्षण गराउन लागेका छौं ।’

महानगरले बिहीवार कालीमाटी फलफूल तथा तरकारी बजारमा एक हजार ३४ जनाको कोरोना परीक्षण गरेको थियो । जसमा आरडीटीबाट परीक्षण गराएका ४ जनाको भने कोरोना पोजेटिभ देखिएको थियो ।

आरडीटीमा पोजेटिभ देखिएसँगै महानगरले तत्काल पीसीआर विधिबाट परीक्षण गराएको थियो । त्यसको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  २ : १६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र