फोहोर व्यवस्थापन गर्ने कर्मचारीको कोरोना परीक्षण हुँदै « Khabarhub

फोहोर व्यवस्थापन गर्ने कर्मचारीको कोरोना परीक्षण हुँदै


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रवार वातावरण व्यवस्था विभागको कार्यालय टेकुमा कोरोना भाइरसको परीक्षण शुरु गरेको छ ।

काठमाडौं महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने करीब ८ सय जना कर्मचारीको र्‍यापिड डाइन्गोष्टिक (आरडीटी) पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण गरिरहेको महानगरका जनस्वास्थ शाखाका प्रमुख नरेन्द्र बज्रचार्यले जानकारी दिए ।

बज्रचार्यका अनुसार काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागको सम्वन्यम इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरुले कोरोना परीक्षण गराइरहेका छन् ।

‘परीक्षणका लागि लाइनमा बसेका पहिलो व्यक्तिमा पीसीआर विधिबाट र दोस्रो, तेस्रो र चौथो व्यक्तिलाई आरडीटीबाट कोरोना परीक्षण गराइएको छ’ उनले भने, ‘त्यस्तै पाचौं व्यक्तिलाई पीसीआर विधिबाट परीक्षण गरेको र यसैगरी ८ सय जनाको परीक्षण गराउन लागेका छौं ।’

महानगरले बिहीवार कालीमाटी फलफूल तथा तरकारी बजारमा एक हजार ३४ जनाको कोरोना परीक्षण गरेको थियो । जसमा आरडीटीबाट परीक्षण गराएका ४ जनाको भने कोरोना पोजेटिभ देखिएको थियो ।

आरडीटीमा पोजेटिभ देखिएसँगै महानगरले तत्काल पीसीआर विधिबाट परीक्षण गराएको थियो । त्यसको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  २ : १६ बजे

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल