सांसद अपहरणको फाइल सरकारी वकिलको कार्यालय पुग्यो « Khabarhub

सांसद अपहरणको फाइल सरकारी वकिलको कार्यालय पुग्यो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ ।

पूर्व आईजीपी सर्वेन्द्र खनाल, दुई सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किशान’ संलग्न सो मुद्दाको अनुसन्धान फाईल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

अनुसन्धान पुरा गरेर फाईल बुझाएको भन्दै उनले मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाट हुने बताए ।

वैशाख १० मा सर्वेन्द्र खनाल र दुई सांसदले डा.यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

जनता समाजवादी पार्टीले उनको अपहरण गरिएको दावी गरेर जाहेरी दिएपछि काठमाडौं प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।

काठमाडौं प्रहरी स्रोतका अनुसार अनुसन्धानबाट ‘अपहरण’ पुष्टि नभएको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई ‘मुद्दा चलाउन नमिल्ने’ सिफारिस गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १ : १० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित