सर्वोच्चमा १९ सदस्यीय पूर्ण इजलास बस्दै « Khabarhub

सर्वोच्चमा १९ सदस्यीय पूर्ण इजलास बस्दै


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतमा १९ सदस्यीय पूर्ण इजलास बस्दैछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण मुद्दामा परेको असरको समाधान गर्न आज सर्वोच्च अदालतमा ऐतिहासिक १९ सदस्यीय वृहत पूर्ण इजलास बस्दैछ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा कोरोना भाइरसको कारण मुद्दामा देखिएका बाधा अड्चन फुकाउन इजलास तोकिएको र सोबाट देखिएका मुद्दाका तारेख, म्याद लगायतका अडचनको बाधा फुकाउने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालत आफैंले दायर गरेको मुद्दा समेत सो सुनुवाइमा पेश भएको छ।

सम्भवतः तुंग शम्शेर राणाको मुद्धापछि सर्वोच्चका सबै न्यायाधीशहरु बसेर निर्णय गर्न लागिएको यो पहिलो पटक हो।

कानुनविद्हरुका अनुसार, २०२१ सालमा तुंग शम्शेर राणाको इण्डियन एअरलाइन्ससँगको क्षतिपूर्तिको मुद्दापछि पछिल्लो समय सबै न्यायाधीशहरुको इजलास बसेको यो पहिलो पटक हो।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : १९ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक