ज्यान गएपछिमात्र कोरोना पुष्टि हुनु दुखद् : राजेन्द्र लिङदेन « Khabarhub

ज्यान गएपछिमात्र कोरोना पुष्टि हुनु दुखद् : राजेन्द्र लिङदेन


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताएका छन् ।

नेपालमा अहिलेमा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उनले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद भएको बताए ।

आजको संसद बैठकमा बोल्दै लिङदेनले भारतलगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको आरोप लगाए ।

नेपाली अतिक्रमित भूमि समेटेर नक्सा सार्जजनिक गर्ने विषयको स्वागत गर्दै उनले आफ्नो देशको नक्सा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भनने पराधिन मानसिकता भएको बताए ।

सांसद लिङ्देनले २०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गरे ।

अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जान नसकेको उल्लेख गर्दै लिङदेनले बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधालाई बजेटमा समावेश गर्न आग्रह गरे ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : ५० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्