सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गरिने « Khabarhub

सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गरिने


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र कर्णाली प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लगायत सुरक्षा निकायको प्रमुखहरुको टोलीले स्क्रिनिङ सेन्टर स्थापनाका लागि बबई र छिन्चुमा अवलोकन गरेको थियो । दुवै ठाउँको अवलोकनपश्चात् स्क्रिनिङ सेन्टर स्थापनाका लागि छिन्चु चयन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिए ।

“भारतलगायत विभिन्न स्थानमा अलपत्र परी कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुञ्जेलसम्म जेखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रिनिङ सेन्टर स्थापना गर्न थालिएको हो”, उनले भने, “यसो गर्न सकिएमात्र कर्णालीमा हुने कोरोनाको उच्च जोखिमबाट बच्न सकिन्छ ।” प्रदेश तथा प्रदेशवासी दुवैका लागि स्क्रिनिङ सेन्टर आवश्यक रहेको उनको भनाइ थियो ।

सामाजिक विकासमन्त्री दल रावलले पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउन क्रम बढेकाले प्रदेश सरकार उच्च सतर्कताका साथ लागेको बताए ।

उनले भने, “विशेषगरी अहिले भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाउनेतर्फ केन्द्रित छौँ । त्यसपछिमात्र उनीहरुलाई प्रदेश तथा स्थानीय सरकारको समन्वयमा व्यवस्थापन गर्छौं ।”

यससँगै बाहिरबाट आउनेलाई आरडिटी, पीसीआर परीक्षण गर्ने र जतिसक्दो बढी सङ्ख्यामा क्वारेन्टाइन, आइसोलेशन, आइसीयु, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति विस्तार तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : २३ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा