फोहर उठाउन समस्या भएपछि कोभिड–१९ को परीक्षण « Khabarhub

फोहर उठाउन समस्या भएपछि कोभिड–१९ को परीक्षण


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहर प्रभावित क्षेत्रका ४७२ जना स्थानीयको आज कोरोना परीक्षण गरिएको छ ।

ककनी गाउँपालिकाले सिसडोल आसपासका नागरिकको कोरोना परीक्षणको माग राख्दै उपत्यकाको फोहर लाननै रोक लगाएपछि कामपाले आज परिक्षण गरेको हो । सिसडोलका स्थानीयले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी सोमबार काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।

काठमाडौँ महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराइएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० र भवानी माविबाट १५२ गरी ४७२ जनाको परीक्षण गरिएको हो ।
यसमध्ये स्वास्थ्य चौकीमा १४० को आरडीटी र ५० को पीसीआर विधि र भवानी माविबाट १८० को आरडीटी र १०२ जनाको पीसीआर विधिबाट परीक्षण गराइएको थियो ।

वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङको धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौँको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीय सहभागी थिए। परीक्षणको नतिजा भने भोलि आउने छ ।

कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हुँदा अब त्यहाँ स्थानको पनि अभाव भइसकेको छ । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ८ : ३३ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल