कोरोना भाइरस : विश्वभर ५० लाख ७९ हजार संक्रमित, ३ लाख २९ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ५० लाख ७९ हजार संक्रमित, ३ लाख २९ हजारको मृत्यु


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् ।

२० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ ।

विहिबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६५ हजार ७९८ जनाको मृत्यु भएको छ ।

१८ लाख ३० हजार ६६७ जना संक्रमित भएकोमा ८ लाख १२ हजार ४८७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७ हजार ७९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ६१ हजार ३०७ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २५ हजार ८५० जनाको मृत्यु भएको छ । ८ लाख ६३ हजार ४४० जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २६ हजार ५९० जनाको मृत्यु भएको छ । ५ लाख १८ हजार ३१० जना संक्रमित भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार १० जनाको ज्यान गएको छ भने ९६ हजार ७६४ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९४ हजार ९१८ जनाको मृत्यु भएको छ । १५ लाख ९१ हजार २५२ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख ८ हजार ७०५ जना संक्रमित भएका छन् भने २ हजार ९७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : २९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार