४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल « Khabarhub

४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ ।

पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो । तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिए ।

उनले भने, “आरडिटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मङ्गलबार थ्रोट स्वाब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ ।” अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मी, पत्रकार, नागरिक, प्रतिनिधि, कर्मचारीको परीक्षणमा गरिएको थियो । पिसिआर विधिबाट जाँच गर्दा अब बाँकी तीन जनाको रिपोर्ट आज आउने बताइएको छ ।

घरटोल सिल

कमलामाई नगरपालिका–९ पन्नेसीमा पाँच घर सिल गरिएको छ । मङ्गलबार काठमाडौंमा कोरोना भाइरस सङ्क्रमित २७ वर्षीया महिलामा कोरोना भाइरस देखिएपछि उनको छिमेकी घर पनि सिल गरिएको हो ।

बन्दाबन्दीका समयमा केही दिनअघि महिला घरबाट काठमाडौं गएको कन्टयाक्ट ट्रेसिङमा खुलेपछि घर सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिए ।

सिल गरिएका क्षेत्रमा सुरक्षा सतर्कतासमेत अपनाइएको छ । कन्टयाक्ट ट्रेसिङ गरिएको र महिलाका परिवारका नौसहित ४१ जनालाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न आग्रह गरिएको उहाँले बताउनुभयो । साहका अनुसार आज स्वाब सङ्कलन गरी प्रादेशिक अस्पताल हेटौँडामा पठाइने छ ।

बजार सुनसान बन्दै

बन्दाबन्दीमा पनि बजारमा मानिसको आवतजावत र चहलपहल बाक्लै थियो । सोमबार आरडिटी विधिबाट कोरोनाको जाँच गर्दा केही व्यक्तिलाई पोजेटिभ देखाएपछि बजार सुनसान हुन थालेको छ । कोरोना भाइरसको सिन्धुली उच्च जोखिममा रहेका अवस्थामा पनि विभिन्न बहानामा सर्वसाधारणको बजारमा भीडभाड नै हुने गरे पनि एकाएक आरडिटी पोजेटिभ आएपछि बजार भने सुनसान हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सामाजिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ७देखि १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ । बिहान हुने भीडभाडले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम कायम रहिरहेका बेला सिन्धुली अस्पतालमा आरडिटी गर्दा केहीको पोजेटिभ आएपछि बजारमा मानिसको आवतजावतमा कमी आएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ९ : ३० बजे

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि

प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन्

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

काठमाडौं- सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनोट

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,