इजरायली अतिक्रमणविरुद्ध प्यालेष्टाइनीले गरे गाजा क्षेत्रमा विशाल प्रदर्शन « Khabarhub

इजरायली अतिक्रमणविरुद्ध प्यालेष्टाइनीले गरे गाजा क्षेत्रमा विशाल प्रदर्शन


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रस्थित इजरायली सीमानजिक शनिबार हजारौं प्यालेष्टाइनीले इजरायली अतिक्रमणविरुद्ध प्रदर्शन गरेका छन् । अघिल्लो वर्ष इजरायलविरुद्ध भएको प्रदर्शनको वर्षगाँठ पारेर प्यालेष्टाइनीहरुले प्रदर्शन गरेका हुन् ।

ग्रेट मार्च अफ रिटर्न नाम दिइएको प्रदर्शनमा २० हजार भन्दा धेरै प्यालेष्टाइनी सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले इजरायली फौजविरुद्ध ग्रिनेड, बलिरहेको टायर, ढुङ्गा प्रहार गरेका थिए भने प्रदर्शनकारीविरुद्ध इजरायली फौजले अश्रुग्यास, रबरको गोली चलाएको बताइएको छ ।

प्रदर्शनकारी शुक्रबार अबेरबाटै प्रदर्शनका लागि भेला भएका थिए । गाजा क्षेत्रका स्वास्थ्य अधिकारीले प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा एकजना प्यालेष्टाइनीको ज्यान गएको जनाएका छन् । यता इजरायली अधिकारीले भने प्यालेष्टाइनीहरुले विष्फोटक पदार्थ प्रहार गरेको जनाउँदै प्रदर्शनमा कसैको ज्यान गएको विषयमा थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

१९६७ मा भएको युद्धपछि इजरायलले नियन्त्रणमा लिएको गाजा क्षेत्रमा नाकाबन्दी लगाइएको छ भने प्यालेष्टाइनीहरुले इजरायलको अतिक्रमणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ०१ बजे

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौं – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस