इजरायली अतिक्रमणविरुद्ध प्यालेष्टाइनीले गरे गाजा क्षेत्रमा विशाल प्रदर्शन « Khabarhub

इजरायली अतिक्रमणविरुद्ध प्यालेष्टाइनीले गरे गाजा क्षेत्रमा विशाल प्रदर्शन


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रस्थित इजरायली सीमानजिक शनिबार हजारौं प्यालेष्टाइनीले इजरायली अतिक्रमणविरुद्ध प्रदर्शन गरेका छन् । अघिल्लो वर्ष इजरायलविरुद्ध भएको प्रदर्शनको वर्षगाँठ पारेर प्यालेष्टाइनीहरुले प्रदर्शन गरेका हुन् ।

ग्रेट मार्च अफ रिटर्न नाम दिइएको प्रदर्शनमा २० हजार भन्दा धेरै प्यालेष्टाइनी सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले इजरायली फौजविरुद्ध ग्रिनेड, बलिरहेको टायर, ढुङ्गा प्रहार गरेका थिए भने प्रदर्शनकारीविरुद्ध इजरायली फौजले अश्रुग्यास, रबरको गोली चलाएको बताइएको छ ।

प्रदर्शनकारी शुक्रबार अबेरबाटै प्रदर्शनका लागि भेला भएका थिए । गाजा क्षेत्रका स्वास्थ्य अधिकारीले प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा एकजना प्यालेष्टाइनीको ज्यान गएको जनाएका छन् । यता इजरायली अधिकारीले भने प्यालेष्टाइनीहरुले विष्फोटक पदार्थ प्रहार गरेको जनाउँदै प्रदर्शनमा कसैको ज्यान गएको विषयमा थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

१९६७ मा भएको युद्धपछि इजरायलले नियन्त्रणमा लिएको गाजा क्षेत्रमा नाकाबन्दी लगाइएको छ भने प्यालेष्टाइनीहरुले इजरायलको अतिक्रमणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ०१ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको