शहीद स्मारक ए डिभिजन लिगको ‘टेक्निकल ह्यान्ड बुक’ पहिलोपटक सार्वजनिक « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगको ‘टेक्निकल ह्यान्ड बुक’ पहिलोपटक सार्वजनिक


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ(एन्फा) ले पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको ‘टेक्निकल ह्यान्ड बुक’ सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेन गरि राखेप सदय सचिव रमेश सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्ताक्षर गर्दै उक्त ह्यान्ड बुक सार्वजनिक गरेका हुन् ।

उक्त पुस्तकमा गत फागुनमा सम्पन्न लिगका क्लबको इतिहास, मेडिकल रिर्पोट, खेलाडी खेलेको खेल, गरेको गोल लगायतको तथ्याङ्क समेटिएको छ ।

लिग समिति संयोजक विज्ञान राज शर्माले पहिलो पटक तथ्याङ्क बनाउने क्रममा धेरै कुराहरुमा मेहनत गर्नु परेको बताए ।

‘हामीले पहिलो पटक अभ्यास गरेका छौं । यसमा सबै कुरा ठिक छ भन्ने छैन कमी कमजोरी हुन सक्छ । त्यसलाई आगामि दिनमा सुधार्दै अगाडि बढ्ने छौ,’ शर्माले भने ।

एन्फा अध्यक्ष शेर्पाले पहिलो पटक ह्यान्ड बुक प्रकाशन गरेको भन्दै खुसी व्यक्त गरे । त्यतिमात्रै होइन शर्माले दक्षिण एसियामै टेक्निकल ह्यान्ड बुक सार्वजनिक गर्ने एन्फा पहिलो भएको समेत दाबी गरे ।

ह्यान्ड बुक सार्वजनिक कार्यक्रममा उपस्थित राखेप सदस्य सचिव सिलवालले ह्यान्डबुका लागि धन्यवाद भन्दै एन्फाले अझै लिगलाई व्यवस्थित गर्नु पर्ने सुझाव दिए ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  २ : ४३ बजे

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा

ब्राजिलका फ्यानलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को

काठमाडौं – स्टार खेलाडीले भरिएको ब्राजिल र फुटबलका शक्ति राष्ट्रलाई

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको