बैदेशिक रोजगारीमा मृत्यु भएका ५८ जना नेपालीको उतै अन्त्येष्टि गरिने « Khabarhub

बैदेशिक रोजगारीमा मृत्यु भएका ५८ जना नेपालीको उतै अन्त्येष्टि गरिने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ५८ जना नेपालीको विदेशमै अन्त्येष्टि गरिने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार परीवारले सहमती जनाएपछि कामका शिलशिलामा विदेशमा मृत्यु भएका ५८ नेपालीको उतै अन्त्येष्टि गर्न लागिएको हो ।

उनका अनुसार युएईमा ३२, साउदीमा ७, मलेसियामा २, कतारका ६, दक्षिण कोरियामा ३ जना अन्य विभिन्न मुलुकमा मृत्यु भएका ८ नेपालीको उतै अन्त्येष्टि गरिन लागिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्वका विभिन्न मुलुकले लगाएको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध तथा नेपाल सरकारले समेत उडानमा गरेको प्रतिबन्धले विदेशमा मृत्यु भएकाहरुको अन्त्येष्टि हुन सकेको थिएन ।

उता अन्त्येष्टि पनि गर्न परीवार सहमत नहुने तथा नेपालमा पनि शव ल्याउन नसकिएपछि बोर्ड अप्ठ्यारोमा पर्दै आएको थियो ।

अझै पनि अरू १४९ नेपालीको शव विदेशमै अलपत्र अवस्थामा छ । नेपाल ल्याउन सरकारले छुट्टै प्रबन्धसहितको आदेश नदिएसम्म शव ल्याउन सक्ने अवस्था नरहेको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : ३७ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,