अम्फान चक्रवात : पश्चिम बंगालमा केही दिन रेल नपठाउन पत्राचार « Khabarhub

अम्फान चक्रवात : पश्चिम बंगालमा केही दिन रेल नपठाउन पत्राचार


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत-  चक्रवात आँधी अम्फानको कारण प्रभावित पश्चिम बङ्गालले राज्यमा विशेष रेलहरूको सञ्चालनलाई केही समय रोक्न आग्रह गरेको छ ।

राज्य सरकारले चक्रवात अम्फानको कारण जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा सम्लग्न भएकोले यसले केही दिनको लागि विशेष रेलहरूमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न कठिनाई हुने भन्दै शनिबार पश्चिम बङ्गालले भारतको संघीय रेल मन्त्रालयलाई पत्राचार गरी उक्त आग्रह गरेको हो ।

“तपाईंलाई थाहा छ, पश्चिम बङ्गालले मे २० र मे २१ मा ठूलो आँधी अम्फानले गम्भीर असर पारेको छ । त्यसले पूर्वाधारलाई ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रशासन राहत र पुनःस्थापना कार्यमा संलग्न भएकोले विशेष रेल र तीनमा आएका नागरिकहरूलाई व्यवस्थापन गर्न सम्भव छैन ।”

“केही दिन अर्थात् मे २६ सम्म राज्यमा कुनै रेल नपठाउन अनुरोध गरिएको छ,” पश्चिम बङ्गालका मुख्य सचिव राजीव सिन्हाले भारतीय रेलवे बोर्डका अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ ।

“तपाईसँग यसअघि मे २० मा छलफल गरी विशेष रेल पठाउने प्रस्तावलाई केही पर सार्ने निर्णय राज्य सरकारले गरेको छ । त्यसैले केही दिन विशेष रेललाई नपठाइदिनुहुन आग्रह गरिन्छ,” पत्रमा भनिएको छ ।

पश्चिम बङ्गालमा चक्रवातको कारण कम्तिमा ७२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीका कारण मृत्यु हुनेको परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत का साथै घाइतेलाई प्रतिव्यक्ति ५० हजार बराबरको रकम सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

उनले आँधी प्रभावित पश्चिम बङ्गाललाई एकमुष्ठ एक खर्ब भारतीय रूपैँयाको राहत प्याकेजको पनि घोषणा गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार